Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

अर्थमन्त्रीज्यू, म पनि लामाे रेसकाे घाेडा हुँ, यति धेरै उपेक्षा नगर्नुस्ः राजेन्द्र लिङदेन

३० बैशाख,   खबरमञ्च,   at 4:57 PM

By   /  May 12, 2020  /  Comments Off on अर्थमन्त्रीज्यू, म पनि लामाे रेसकाे घाेडा हुँ, यति धेरै उपेक्षा नगर्नुस्ः राजेन्द्र लिङदेन

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले आफूले भ्रष्टाचार, अनियमितता लगायतका  विषयमा आवाज उठाएकै कारण आफ्नाे क्षेत्र सरकारकाे प्राथमिकतामा नपरेकाे बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा प्रिबजेट छलफल (विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता)का क्रममा सांसद लिङ्देनले प्रभावमा गाेजीबाट याेजनाहरु छनाेट हुने गरेकाे भन्दै आफूले सरकारका काम कारवाहीमाथि प्रश्न उठाएकै कारण आफूले नयाँ याेजनाहरु नपाएकाे दाबी गरे ।

अर्थमन्त्री युवराज खतिवडा झापाकै भए पनि आफ्नाे क्षेत्रमा कृषि प्रवर्द्धनका लागि कुनै नयाँ कामको योजना नआएको उनले बताए।

उनले भने, ‘आज डाडु पुन्याैं तपाईकाे हातमा छ । जतिसुकै सिद्धान्तकाे कुरा गरेपनि प्रभावबाट गाेजीबाट याेजनाहरु छनाेट हुने हुन् ।’

उनले आफू प्रतिपक्षी दलकाे नेता पनि भएकाे भन्दै भ्रष्टाचार लगायतका विषयमा प्रश्न उठाइरहने र साेही कारणले आफ्नाे क्षेत्रलाई प्राथमिकता नदिइएकाे बताए ।

अर्थमन्त्रीले ल्याएका कार्यक्रममा कुनै नयाँ कार्यक्रम नभएकाे भन्दै उनले भने,’ हामीले सँगै चुनाव लडेका थियाैं । मैले सहयाेग लिएकाे थिएँ , तर सहयाेग लिए भन्दा धेरै सहयाेग गरेकाे पनि छु । यसपालि हाम्राे क्षेत्रमा पनि केही क्षेत्रमा पनि केही याेजना पार्दिनु पर्याे भन्न खाेजेकाे थिएँ । तर म पनि लामाे रेसकाे घाेडा हुँ । दुई खुट्टा टेकुन्जेल सधैं राजनीतिमा रहुँला भन्ने ईच्छा छैन । तर १५-२० वर्ष अरु नेपालकाे राजनीतिमा क्रियाशील रहन्छु यति साह्राे उपेक्षा नगर्नुस् ।’

 

यसबाहेक उनले आगामी बजेटमा राेजगारमुलक  उद्योग स्थापना गर्न चाहनेहरुका लागि कर छुट मात्र नभइ अनुदानकाे व्यवस्था गर्न माग गरेका छन् ।

समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गरिरहँदा उद्योग स्थापनामा सरकार उदासीन भएको उनले बताए।

हजारौंलाई रोजगारी दिने पुराना उद्योग बन्द भएकोमा दुःखद रहेकाे भन्दै उनले भने, ‘उद्योग स्थापना गर्दा २० बर्षसम्म कर नलिने किन भन्न सक्दैन?’

सांसद लिङदेनले अब गाउँ/गाउँमा कृषि प्रशोधन उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए। कर्णालीमा फलफूल प्रशोधन तथा झापामा अन्य कृषिबालीका प्रशोधन उद्योग आवश्यक भएको उनले बताए।

यसबाहेक उनले कृषिमन्त्री घनश्याम भुषालप्रति लक्षित गर्दै लिङदेनले भने, ‘यस्ता कुरामा मन्त्रीजीको ध्यान जाओस्।’

 

 

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा महासचिव तथा अर्थमन्त्री पौडेलको जन्मोत्सवमा बालुवाटारमा केक

Read More →