Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

ईद हाम्राे माैलिक पूँजी हाेः प्रधानमन्त्री ओली

१२ जेठ,   खबरमञ्च,   at 6:57 AM

By   /  May 25, 2020  /  Comments Off on ईद हाम्राे माैलिक पूँजी हाेः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह गरेका छन् ।

ईदका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्ताे आग्रह पनि गरेका हुन्  ।

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै प्रधामन्त्री ओलीले भनेका छन्, “यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका एकता छन् । सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु नेपालमा सम्मानित र संरक्षित छन् ।”

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सदभाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →