Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता बढाउँदै आएको छः देउवा

१२ जेठ,   खबरमञ्च,   at 7:12 AM

By   /  May 25, 2020  /  Comments Off on ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता बढाउँदै आएको छः देउवा

    Print       Email

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन आग्रह गरेका छन् ।

ईदका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको चर्चा गरेका छन् ।  यस्ता पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने उनकाे विश्वास छ ।

यसबाहेक उनले देशका विभिन्न राजनीतिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहेकाे पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →