
बिर्तामोड । मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा माइ नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन्।
त्यस्तै पाचँथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।