Loading...
You are here:  Home  >  समाज  >  Current Article

इलाका प्रहरी कार्यालय अनारमनीद्वारा लागू औषध ब्राउन सुगरसहित ५ जना पक्राउ

१५ साउन,   खबरमञ्च,   at 8:07 PM

By   /  July 30, 2020  /  Comments Off on इलाका प्रहरी कार्यालय अनारमनीद्वारा लागू औषध ब्राउन सुगरसहित ५ जना पक्राउ

    Print       Email

विर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले लागू पदार्थ ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

झापाको दुई छुट्टाछुटै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका–४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जीवन त्रिखत्री दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेन रहेका छन्। उनीहरूलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित कन्काई नगरपालिका–४ इलुवारीबाट पक्राउ गरिएको हो।

बिर्तामोड नगरपालिका–४ घर भइ अर्जुनधारा नगरपालिका–६ बस्ने २० बर्षीय निकेश राईलाई एक ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित बुधबार साँझ डेरा छेउबाट पक्राउ गरेको हो।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Read More →