Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

इराकको कोभिड अस्पतालमा आगलागी, ५० जनाको मृत्यु

२९ असार,   खबरमञ्च,   at 1:05 PM

By   /  July 13, 2021  /  Comments Off on इराकको कोभिड अस्पतालमा आगलागी, ५० जनाको मृत्यु

    Print       Email

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ ।

इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल–हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो ।

तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अस्पतालका ७० वटा शय्या आगोमा जलेका छन् ।

यो घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पताल प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको जनाइएको छ ।

घटनाको विरोधमा बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीका गाडीहरु पनि जलाइदिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक सवारी साधनमा नयाँ भाडादरः काँकरभिट्टा-काठमाडौं १४७० रुपैयाँ

Read More →