Loading...
You are here:  Home  >  समाज  >  Current Article

इदुल फित्रमा राष्ट्रपतिकाे शुभकामनाः भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाओस्

१२ जेठ,   खबरमञ्च,   at 6:46 AM

By   /  May 25, 2020  /  Comments Off on इदुल फित्रमा राष्ट्रपतिकाे शुभकामनाः भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाओस्

    Print       Email

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना दिँदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।

उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास लिएकाे बताएकी छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बाह्रबिसे उडेका सभामुख सापकोटा धुलिखेलको आकाशबाटै फर्किए

Read More →