Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

इजरायली कृषि प्रविधि भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच हस्ताक्षर

१५ असोज,   खबरमञ्च,   at 9:21 AM

By   /  October 1, 2020  /  Comments Off on इजरायली कृषि प्रविधि भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच हस्ताक्षर

    Print       Email

काठमाडौं । नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बुधबार हस्ताक्षर सम्पन्न भएको छ।

सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने अपेक्षा गरिएको छ । पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिइएको छ ।

यो समझदारी भएसंगै कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।

विगत केही समयदेखिको छलफललाई निश्कर्षमा पु¥याउँदा नेपाल र ईजरायलबीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर सम्पन्न भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोड नगरपालिकाले मरेका तथा विषादी प्रयोग गरिएका माछाको बिक्रीमा रोक लगायो

Read More →