Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार ४ बजे प्रस्तुत हुने

१४ जेठ,   खबरमञ्च,   at 7:49 PM

By   /  May 27, 2020  /  Comments Off on आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार ४ बजे प्रस्तुत हुने

    Print       Email

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे।

आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →