Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश १ को बजेटः ४० अर्ब ८९ करोड रुपैयाँ

१ असार,   खबरमञ्च,   at 4:49 PM

By   /  June 15, 2020  /  Comments Off on आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश १ को बजेटः ४० अर्ब ८९ करोड रुपैयाँ

    Print       Email

विर्तामोड । प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभा भवन विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा स्वास्थ्य, कृषि, उद्योगलाई विशेष प्राथमिकता दिइएको छ।

बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ। अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ।

गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →