Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आयात प्रतिबन्ध असोज २८सम्म कायम रहने

१५ भदौ,   खबरमञ्च,   at 12:40 PM

By   /  August 31, 2022  /  Comments Off on आयात प्रतिबन्ध असोज २८सम्म कायम रहने

    Print       Email

काठमाडौं। सरकारले आयात प्रतिबन्धलाई असोज २८ गतेसम्म कायमै राख्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धलाई असोज २८ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो। त्यसमा मदिराको प्रतिबन्धलाई निरन्तरता दिइएको छ।

प्रतिबन्ध लगाइएका वस्तुहरुमा भने संशोधन गरिएको छ। कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरुको प्रतिबन्ध भने सरकारले खुलाएको छ। चुरोटको र हिराको आयात पनि खुलाइएको छ।

स्मार्टफोन, गाडी र मोटरसाइलकको आयात प्रतिबन्धलाई समेत निरन्तरता दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

त्यस्तै, सरकारले तास र खेलौनाको प्रतिबन्ध पनि हटाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Read More →