Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन, पाँच हजार आवेदन शुल्क

२५ पुस,   खबरमञ्च,   at 11:22 AM

By   /  January 9, 2022  /  Comments Off on आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन, पाँच हजार आवेदन शुल्क

    Print       Email

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।

कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । 

निगमको कार्यकारी निर्देशक हुन निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँसहित २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड रुपैयाँ

Read More →