Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आफ्ना कार्यकर्ता रिहाइका लागि विप्लव नेतृत्वको नेकपाको दबाब

२० मंसिर,   खबरमञ्च,   at 2:00 PM

By   /  December 6, 2022  /  Comments Off on आफ्ना कार्यकर्ता रिहाइका लागि विप्लव नेतृत्वको नेकपाको दबाब

    Print       Email

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । 

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग गरेका हुन् । 

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए।

गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमानदार र प्रतिबद्ध रहेको बताएका थिए । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →