Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आफूहरुमाथि अन्याय भएकाे भन्दै प्रदेश र स्थानीय तहका कर्मचारी पुगे सिंहदरबार

२९ मंसिर,   खबरमञ्च,   at 3:21 PM

By   /  December 15, 2019  /  Comments Off on आफूहरुमाथि अन्याय भएकाे भन्दै प्रदेश र स्थानीय तहका कर्मचारी पुगे सिंहदरबार

    Print       Email

काठमाडौं । प्रदेश तथा स्थानीय तहमा समायाेजित अधिकृत तहका कर्मचारीहरुले आफूहरुमाथि अन्याय भएकाे भन्दै सिंहदरबार पुगेका छन् ।

कर्मचारी समायाेजन हुँदा आफूहरुलाई संघमा दरबन्दी नभएकाे भन्दै जबरजस्ति समायाेजन गरिएकाे तर अहिले लाेकसेवा आयाेग मार्फत ५ सय भन्दा बढी शाखा अधिकृत मागिएकाेमा उनीहरुकाे विराेध छ ।

ब्याज ३०, ३१, ३२ र ३३ का असन्तुष्ट शाखा अधिकृतहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध जनाएका हुन् ।

सचिव यादव काेइरालालाई भेट्न खाेजेका कर्मचारीले विरोध पत्र प्रशासन महाशाखा प्रमुख एवम् मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई बुझाएर फर्किएका छन् ।

असन्तुष्ट अधिकृतहरुका अनुसार निजामती किताबखानाको रेकर्डमा यो बीचमा ८८ जना अधिकृतको मात्र दरबन्दी रिक्त हुने देखिए पनि लाेकसेवाले भने १ हजार बढीकाे दरबन्दी खुलाएकाे छ ।

सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार लोकसेवा आयोगले यही मंसिर २५ गते बिभिन्न सेवा समूहमा १ हजार ९६ अधिकृतका लागि विज्ञापन प्रकाशित गरेको थियो ।

‘यति धेरै दरबन्दी संघमै खाली थियो भने किन हामीलाई हाम्रो रोजाइको प्राथमिकता र इच्छा विपरित प्रदेश तथा स्थानीय तहमा समायोजन गरियो ?’ उनीहरुको प्रश्न छ ।

आफूहरुलाई संघमा दरबन्दी व्यवस्थापन गरेपछि मात्रै बाँकी दरबन्दीमा लोक सेवा आयोगमार्फत् भर्ना खोल्न उपयुक्त हुने सुझाव छ । यता मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने आफूहरुले ऐनमै टेकेर समायाेजन गरिएकाे बताए ।

“हामी व्यक्तिले उहाँहरुलाई समायाेजन गरेका हैनाैं, कानूनत हाे, त्यसैले जबरजस्ती भन्नै मिल्दैन,” उनले भने ।

मन्त्रालयले अनिवार्य अवकास, राजीनामा, कर्मचारीकाे मृत्य लगायतका कारणबाट रिक्त हुन आएका पदलाई हिसाब गरेर दरबन्दी पठाएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →