Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्री भट्टराईले दिए निर्देशन

२४ भदाै,   खबरमञ्च,   at 5:11 PM

By   /  September 9, 2020  /  Comments Off on आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्री भट्टराईले दिए निर्देशन

    Print       Email

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ ।

निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले आन्तरिकतर्फ दुई वटा मात्र टुइनटर जहाज भएको र त्यसले माग धान्न नसकेको दुर्गम क्षेत्रमा सेवा प्रदान गर्नको लागि तत्कालै जहाज खरिदको प्रक्रिया सुरु गर्न निर्देशन दिएका मन्त्री भट्टराईका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले बताए ।

मन्त्री भट्टराईले नेपाल एअरलाइन्सलाई पब्लिक कम्पनी मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ, त्यसको खाका लगानी कोष,सञ्चयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका हुन् ।

यसबाहेक मन्त्री भट्टराईले नेपाल एअरलाइन्स ऐतिहासिक नेपाली ध्वजावाहक एअरलाइन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

खर्च कटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत मन्त्री भट्टराईले आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले जीएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान् एजेन्सी छनोट तथा आवश्यक मापदण्ड बनाएरमात्र तोक्नु पर्नेमा जोड दिएको प्रेस संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →