Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आन्तरिक उडान खोल्ने चर्चा चलिरहँदा चन्द्रगढी विमानस्थलको कस्तो छ तयारी?

२७ भदौ,   खबरमञ्च,   at 10:25 AM

By   /  September 12, 2020  /  Comments Off on आन्तरिक उडान खोल्ने चर्चा चलिरहँदा चन्द्रगढी विमानस्थलको कस्तो छ तयारी?

    Print       Email

विर्तामोड । कोरोना भाइरसको महामारीका कारण पाँँच महिना भन्दा लामो समय बन्द भएको हवाई उडान पुनः सञ्चालनमा ल्याउने चर्चा चलिरहँदा झापा भद्रपुरको चन्द्रगढी विमानस्थल पनि उडान पुनः सञ्चालन गर्नका लागि तयारी अवस्थामा पुगेको छ।

आइतबार सुरक्षित उडान कसरी गर्न सकिन्छ भनेर ‘डमी’ प्रदर्शन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख मुरारी पौडेलले जानकारी दिएका छन्।

उनले भने, ‘आइतबार हामी डमी यात्रु तयार गरेर सबै कामको प्रदर्शन गर्ने तयारीमा छौं।’

यस अघिका उडानको जस्तो अवस्था नभएकाले केही तयारी आवश्यक रहेको उनले बताए।

विमानस्थलको बाहिरी भागदेखि जहाजमा नपुगिञ्जेलसम्मका यात्रुलाई सुरक्षित राख्नका लागि सबै प्रकारका सुरक्षा उपाय अप्नाइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →