Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आन्तरिक उडानका निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी

२३ भदौ,   खबरमञ्च,   at 7:52 PM

By   /  September 8, 2020  /  Comments Off on आन्तरिक उडानका निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी

    Print       Email

काठमाडौं । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन्।

महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ। सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए।

उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो। आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ।

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रु २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ। प्रवक्ता शर्माका अनुसार बन्दाबन्दीको छ महिनाको अवधिमा बुद्धएयरले मात्रै करिब रु चार अर्ब नोक्सानी बेहोरेको छ।

यती एयरलाइन्सको रु तीन अर्ब ६० करोड नोक्सानी भएको छ। श्री एयरलाइन्सको पनि झण्डै रु तीन अर्ब आर्थिक नोक्सानी भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →