Loading...
You are here:  Home  >  छापामा  >  Current Article

आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी

१३ बैशाख,   खबरमञ्च,   at 7:34 AM

By   /  April 25, 2020  /  Comments Off on आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी

    Print       Email

काठमाडौं । कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ।

नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जोखिम कम हुँदै जाँदा लकडाउन लगायत उडानसमेत खुला गर्दा अपनाउनुपर्ने मापदण्डबारे छलफल भइरहेको जानकारी दिए।

प्राधिकरणले पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायु सेवा सञ्चालक संघको समन्वयमा मापदण्ड तयार गर्न लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आन्तरिक उडान खुला गर्ने मिति भने तय भइसकेको छैन। तैपनि आन्तरिक उडानलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तरकारीको थोक मूल्य न्यून, बजारमा छोइनसक्नु

Read More →