Loading...
You are here:  Home  >  समाज  >  Current Article

आज साउने संक्रान्ति

साउन १,   खबरमञ्च,   at 10:16 AM

By   /  July 16, 2016  /  Comments Off on आज साउने संक्रान्ति

    Print       Email

 

काठमाडौं  । अाज साउने संक्रान्ति पर्व । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । अाज लुताे फाल्ने दिन नि भनिन्छ ।

कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

बेलुका लुतो, दाद आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।

यस्तै महिलाहरु आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा र  मेहन्दी लगाउनुका साथै शिवलाई खुसी पार्न सोमबारे व्रत बस्छन् ।

साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्छ । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु भएको मानिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Read More →