Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

७ कार्तिक,   खबरमञ्च,   at 8:44 AM

By   /  October 24, 2021  /  Comments Off on आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    Print       Email

काठमाडौं । देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । 

सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । 

सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।  
 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा पनि दुई जनामा देखियो कोरोनाको ओमिक्रोन भेरिअन्टको संक्रमण, बढायो चिन्ता

Read More →