Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

आज रातिदेखि झापा विर्तामोडको लकडाउन हटाउने नगरपालिकाको निर्णय

२५ साउन,   खबरमञ्च,   at 4:45 PM

By   /  August 9, 2020  /  Comments Off on आज रातिदेखि झापा विर्तामोडको लकडाउन हटाउने नगरपालिकाको निर्णय

    Print       Email

विर्तामोड । विर्तामोड नगरपालिकाले विगत केही दिनदेखि जारी गरेको लकडाउन आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ।

बाह्रदशी गाउँपालिकाका दुई जना समुदायका मानिसहरूमा देखिएको कोरोना भाइरसको सङ्क्रमणपछि नगर क्षेत्रमा लकडाउन गर्ने नगरपालिकालाई दबाब बढ्दै गएको थियो।

क्वारेन्टिनमा ड्युटीमा रहेकी महिला प्रहरीमा सङ्क्रमण देखिनु र विर्तामोडको एउटा औषधि पसलमा उपचारका लागि पतिसहित जानुले पनि नगरमा सङ्क्रमणको त्रास फैलिएको थियो।

तर कन्ट्याक्ट ट्रेसिङलाई व्यापकता दिइएको र समुदायका मानिसमा सङ्क्रमण पुष्टि नभएकाले लकडाउन खोल्ने नगरपालिकाले निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए।

उनले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अप्नाएर व्यवसाय गर्ने व्यवसायीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →