Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

आजदेखि भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु, क-कस्ले पाउँदैछन् खोप ?

३ माघ,   खबरमञ्च,   at 7:27 AM

By   /  January 16, 2021  /  Comments Off on आजदेखि भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु, क-कस्ले पाउँदैछन् खोप ?

    Print       Email

बिर्तामोड । आजदेखि भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान शुरु हुँदैछ।

जस्का लागि आवश्यक तयारी पूरा भएको भारतले जनाएको छ।

चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतमा कोरोना भाइरसविरुद्धको लगाउने अभियान शुरु गर्न लागिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरुले कोरोना खोप पाउनेछन्।

सबै सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुको संख्या ८० लाखदेखि एक करोडसम्म रहेको बताइएको छ। त्यसपछि करिब दुई करोड फ्रन्टलाइन वर्कर्स अर्थात् प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिइनेछ ।

त्यसपछिको प्राथमिकतामा ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइनेछ । भारतमा यो संख्या २७ करोड छ । सबैभन्दा पहिला जुन क्षेत्रमा कोरोना संक्रमण धेरै छ, सोही क्षेत्रका मानिसहरुलाई बढी प्राथमिकता दिइनेछ । त्यसपछि बाँकी जनसंख्याको पालो आउनेछ ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ -कोभिसिल्ड र कोभ्याक्सिन । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।

भारतको स्वास्थ्य मन्त्रालयले एक करोड १० लाख डोज कोभिसिल्ड र ५५ लाख कोभ्याक्सिन खोप खरिद गरिसकेको बताएको छ । भारतले आगामी जुन महिनासम्म ३० करोड मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानन्यायाधीश राणा अमेरिका जाँदै

Read More →