Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग

६ असोज,   खबरमञ्च,   at 7:34 AM

By   /  September 22, 2022  /  Comments Off on आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग

    Print       Email

काठमाडौं । निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्न लागेको हो ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यस्ता मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

थुनुवा/कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिइ सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →