Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आचार संहिता लागू गर्ने विषयमा राजनीतिक दलसंग आज छलफल गर्दै निर्वाचन आयोग

२२ चैत,   खबरमञ्च,   at 8:06 AM

By   /  April 5, 2022  /  Comments Off on आचार संहिता लागू गर्ने विषयमा राजनीतिक दलसंग आज छलफल गर्दै निर्वाचन आयोग

    Print       Email

काठमाडाैं । निर्वाचन आयोगले आज स्थानीय तहकाे चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । 

तर, आचारसंहिता भने लागू भइसकेकाे छैन ।

 उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेकाे छ । याे विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे छ । 

यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →