Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छः कांग्रेस महामन्त्री कोइराला

२८ पुस,   खबरमञ्च,   at 7:24 PM

By   /  January 13, 2020  /  Comments Off on आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छः कांग्रेस महामन्त्री कोइराला

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

प्रेस युनियन झापा शाखाले विर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले पार्टीको सभापति एउटा मात्र हुन नहुने बताए।

उनले भने, ‘पार्टी सभापति एउटा मात्र गुटको हुनुभयो। आगामी महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि सबै लाग्नुपर्छ।’

उनले देउवा बाहेकका नेताहरु एकतर्फ लागेर नेतृत्व परिवर्तनको दिशामा लाग्ने बताए।

कोइरालाले भने, ‘रामचन्द्रजी, सिटौलाजीहरु सबै मिल्नुको विकल्प छैन।’ तर आफ्नो उम्मेद्वारीका बारेमा उनले खुलाएनन्।

उनले सरकारले कुनै नयाँ काम गर्न नसकेको आरोप लगाए। अहिलेसम्म जति पनि विकासका काम भएका छन् सबै नेपाली कांग्रेसको सरकारका पालामा भएको दाबी गरे।

कोइरालाले भने, ‘नेपालमा रेल र पानी जहाजमा राखेर के आयात निर्यात भन्ने सोचेको छ सरकारले म छक्क पर्छु। तर नेपालमा चाहिने विकास कांग्रेसकै पालामा भएको हो।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →