Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न डा. केसीको आग्रह

२९ कात्तिक,   खबरमञ्च,   at 5:16 PM

By   /  November 15, 2022  /  Comments Off on आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न डा. केसीको आग्रह

    Print       Email

काठमाडौं । प्रा.डा. गोविन्द केसीले आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै केसीले यसअघिका निर्वाचनबाट राज्यसञ्चालनमा आएका शिर्षदलहरु असफल भइसकेको भन्दै अहिलेको निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले अघिल्लो चूनावको जस्तो गल्ती फेरी नदोहराउन अपिल गरेका छन् भने आउदा चुनावहरुमा बैदशिक रोजगारीमा रहने युवाहरुको मताधिकार सुनिश्चित गर्न पनि माग गरे।

त्यस्तै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले बताए ।

केसीले पुरानै नेताहरुका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको समेत आरोप लगाए ।

उनले नेताहरुको गलत सोचाइका कारण मुलुक भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेकाले नै आर्थिक प्रगति हुन नसकेको धारणा राखे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना

Read More →