Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आगामी चुनावमा जुम्लाबाट उम्मेदवारी दिने राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको घोषणा

२३ साउन,   खबरमञ्च,   at 8:20 PM

By   /  August 8, 2022  /  Comments Off on आगामी चुनावमा जुम्लाबाट उम्मेदवारी दिने राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको घोषणा

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेको बताए ।

आफूलाई काठमाडौं , चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए ।

आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उनले कांग्रेस माओवादी एमाले कसैको बिरुद्ध नभएको जिकिर गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →