Loading...
You are here:  Home  >  समाज  >  Current Article

आगलागीमा तीन घर र ६ पसल जले, छिमेकीको शरणमा बास

२२ पुस,   खबरमञ्च,   at 10:22 AM

By   /  January 6, 2022  /  Comments Off on आगलागीमा तीन घर र ६ पसल जले, छिमेकीको शरणमा बास

    Print       Email

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन वटा घर र ६ वटा पसल जलेर नष्ट भएका छन् । बुधबार साँझबाट लागेकाे आगाे मध्यराति मात्र नियन्त्रणमा आएकाे थियाे ।

आगालागीबाट कम्तिमा १ करोड ९० लाख बराबरको क्षति भएको आँकलन गरिएकाे छ ।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बुको घरमा विद्युत सर्ट भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा मेयोङ्बाको २ तले घर, दूग्ध डेरी, किराना पसल र नगद ७ लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

छिमेकी रामजीत राई र मनबहादुर राईको घरमा समेत आगाे सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करीब ३५ लाखका सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करीब पाँच लाखको क्षति भएको छ ।

मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैंची गोदाम तथा रञ्जना राईको टेलर्स जल्दा हुँदा ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नांगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं. हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउँदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो ।

फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । आगलागीमा घर गुमाएकाहरु छिमेकीको शरणमा बसेका छन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एकाबिहानै बस दुर्घटना, ८ जना घाइते

Read More →