Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आकाशियाे सुनको भाउ, तोलाको एक लाख नजिक

१५ साउन,    at 11:52 AM

By   /  July 30, 2020  /  Comments Off on आकाशियाे सुनको भाउ, तोलाको एक लाख नजिक

    Print       Email

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोलाको एक लाख नजिक पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको भाउ हरेक दिन उकालो लाग्दै, आजको मूल्य एक लाख दुईहजार भन्दा धेरै

Read More →