Loading...
You are here:  Home  >  छापामा  >  Current Article

अहंकारको घोडाबाट खसेपछि ओली गालीगलौजमा उत्रेः माधव नेपाल

१० असोज,   खबरमञ्च,   at 7:24 AM

By   /  September 26, 2021  /  Comments Off on अहंकारको घोडाबाट खसेपछि ओली गालीगलौजमा उत्रेः माधव नेपाल

    Print       Email

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अधयक्ष केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा उत्रिएको बताएका छन् ।

शनिबार हेटौडामा आयोगित जिल्लास्तरीय कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेको नेपालले आगामी चुनावमा एमलेलाई टर्च बालेर खोज्नुपर्ने बताए ।

‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरुके काम नै गाली गर्ने, तयसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहान्नौं । नत्र त उहाँहरु र हामीमा के फरक ?’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा

Read More →