Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

असोज १ गतेदेखि नै चल्न पाउने भए लामो दुरीका यात्रु बस र आन्तरिक विमान

३० भदौ,   खबरमञ्च,   at 6:44 PM

By   /  September 15, 2020  /  Comments Off on असोज १ गतेदेखि नै चल्न पाउने भए लामो दुरीका यात्रु बस र आन्तरिक विमान

    Print       Email

काठमाडौं । सरकारले असोज गतेदेखि लामो दूरीका सवारी साधन र आन्तरिक विमान सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते  बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।

यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान पनि सुरु गर्ने निर्णय गरेको हो।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ।

होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय सरकारले गरेको मन्त्री ज्ञवालीले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →