Loading...
You are here:  Home  >  समाज  >  Current Article

असार १५ मा दही चिउरा खानुको कारणहरू के-के हुन्?

१५ असार,   खबरमञ्च,   at 7:26 AM

By   /  June 29, 2020  /  Comments Off on असार १५ मा दही चिउरा खानुको कारणहरू के-के हुन्?

    Print       Email

काठमाडौं ।   असार १५ भन्नेबित्तिकै आँखा अघि एउटा तस्बीर खडा भइहाल्छ– रोपाईँमा हिलोसँगै रमाउने या दही चिउरा खाने ।

देशका कतिपय ठाउँमा यसअघि नै रोपाईँ सुरु भइसकेको अवस्था भएपनि असार १५ कै दिन रोपाईँ गर्नुको महत्व बेग्लै छ ।

हिलोमा रमाउँदै धान रोप्नुको जति महत्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्व छ । दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ ।

तर, यो पम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ ।

संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दहि चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिस्कृत हुँदै रोपाईमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो ।

यद्यपी यसको सुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन । नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाई छ ।

पछिल्ला वर्षहरुमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरुमा विकास भइरहेको छ । यही भएर शहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिन्छ ।

ग्रामिण क्षेत्रमा कृषकहरुले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएकाहरुले पनि छरछिमेकबाट मागेरै भएपनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउने गर्छन् ।

तर सहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भएपनि दहि चिउरा खाने गरेका गरिएको छ ।

असार १५ मा किन दही चिउरा खाइन्छ ?

माथि उल्लेख गरिएझैं दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ ।

भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर !’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ ।

यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ ।

अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।

यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै पक्कै प्रदान गर्छ नै ।

दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ हुन्छ, जसले शरीरलाई फाइदा गर्छ ।

असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ ।

हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।

दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ ।

यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

Read More →