Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

असन्तुष्ट समूहको विरोधपछि कांग्रेसमा समानुपतिक सूची हेरफेरको तयारी

2022/09/28,   खबरमञ्च,   at 1:32 PM

By   /  September 28, 2022  /  Comments Off on असन्तुष्ट समूहको विरोधपछि कांग्रेसमा समानुपतिक सूची हेरफेरको तयारी

    Print       Email

काठमाडौं। नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ।

संस्थापनइतर (शेखर कोइराला-गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायतले भेला गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →