Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविरामकाे सहमति

२४ असाेज,   खबरमञ्च,   at 12:50 PM

By   /  October 10, 2020  /  Comments Off on अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविरामकाे सहमति

    Print       Email

एजेन्सी । अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने भएको छ ।

रूसी हस्तक्षेपपछि युद्धरत अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविरामका लागि तयार भएका हुन्।

रसियाका विदेशमन्त्री सर्गेई लाव्रेभले दुई देश अस्थायी युद्धविरामका लागि तयार भएको जानकारी दिएका छन्।

युद्धविराम शुरू भएपछि दुबै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्काले युद्धबन्दी बनाएका सैनिक आदान प्रदान गर्नेछन्।

विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न पूर्व सोभियत संघका दुई गणराज्यबीच गएको सेप्टेम्बर २७ तारिखदेखि युद्ध शुरू भएको थियो ।

युद्धका क्रममा अहिलेसम्म तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारणको मृत्यु भैसकेको तथा हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नागोर्नो काराबाख क्षेत्र अजरबैजानको आधिकारिक भूमि हो । तर सन् १९ सय ९४ मा अन्त्य भएको युद्धपछि यस क्षेत्रमा अर्मेनियाले कब्जा गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →