
काठमाडौँ । विश्वकप २०२२ मा साबिक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ ।
लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो। अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।