Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अर्जेन्टिनाद्वारा स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको दावी

१२ भदौ,   खबरमञ्च,   at 3:39 PM

By   /  August 28, 2021  /  Comments Off on अर्जेन्टिनाद्वारा स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको दावी

    Print       Email

काठमाडौं । अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रुसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । 

कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, “अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रुसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।” 

अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ ।

विश्वको ७० देशमा स्पुतनिक–भी खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Read More →