Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

अर्जुनधारा ९ झापाकी कृषक राईलाई मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार

२६ पुस,   खबरमञ्च,   at 4:59 PM

By   /  January 11, 2020  /  Comments Off on अर्जुनधारा ९ झापाकी कृषक राईलाई मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार

    Print       Email

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार कृषक टिकादेवी राईलाई शनिवार प्रदान गरेको छ ।

अर्जुनधारा ९ झापाकी राईलाई यस वर्षको सो पुरस्कार प्रदान गरिएको हो । ५१ हजार राशिको पुरस्कार प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदान गरेका हुन् ।

बिर्तामाड २ मा मुख्य कार्यालय रहेको सहाराले शनिबार बिर्तामोडमा आयोजित संस्थाको २३ औँ साधारणसभाको अवसरमा राईलाई पुरस्कृत गरको हो ।

पुरस्कार पाएछि राईले आफ्नो परिश्रम र लगनशीलताका कारण पुरस्कारका लागि योग्य भएको प्रतिक्रिया दिइन् ।

उनले आफ्ना लागि गरिएको लगानी खेर जान नदिएको बताइन् । सुरुका दिनमा हातमुख जोड्न पनि गाह्रो भएका बेला सहाराले पत्याएर आज जीवन चलाउन पैसा अभाव नभएको अनुभव उनले सुनाइन् ।

राईले भनिन्, ‘मैले केही जमिन जोड्न सकेँ । घर हेर्न हुने बनाउन सकेँ । दुईतीन जनालाई रोजगारी दिएको छु । यहाँभन्दा मलाई कति गर्नुहुन्छ ?’ सहाराले हरेक वर्ष लघुवित्त कार्यक्रममा उत्कृष्ट हुने सदस्यलाई उक्त पुरस्कारले पुरस्कृत गर्ने गरेको छ ।

कडा मेहेनतकी पर्याय किसान राईले आफूले गरेको परिश्रमको उचित मूल्यांकन भएको बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →