Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नुः शिक्षा मन्त्रालय

२२ बैशाख,   खबरमञ्च,   at 8:49 PM

By   /  May 4, 2020  /  Comments Off on अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नुः शिक्षा मन्त्रालय

    Print       Email

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको अवस्थामा विद्यार्थीहरुसँग भर्ना, अनलाइन कक्षा वा कुनै पनि बहानामा शुल्क नउठान विद्यालयहरुलाई निर्देशन दिएको छ।

सोमबार शिक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी ‘सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै पनि किसिमले शुल्क लिने, वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनुहुन’ सूचित गरिएको छ।

संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनि नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई जानकारी दिन पनि भनिएको छ।

शिक्षा मन्त्रालयले एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षा लिने सम्बन्धमा अध्ययन भइरहेको र हालसम्म कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बजेट बहसः शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव

Read More →