Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोगबाट मुक्त

२३ माघ,   खबरमञ्च,   at 7:31 AM

By   /  February 6, 2020  /  Comments Off on अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोगबाट मुक्त

    Print       Email

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट मुक्त भएका छन्।

ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा भएको मतदानबाट उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।

बीबीसीका अनुसार बुधबार भएको मतदानबाट उनले महाभियोगबाट सफाइ पाएका हुन्।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पका पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।

बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइतबार राति ९ बजे घरका विजुली निभाएर दियोलगायत बत्ती बाल्न भारतीय प्रम मोदीको आग्रह

Read More →