Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अमेरिकाले तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने

२१ जेठ,   खबरमञ्च,   at 1:10 PM

By   /  June 4, 2021  /  Comments Off on अमेरिकाले तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने

    Print       Email

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत् तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने भएको छ ।

जोन्सन एण्ड जोन्सन, फाइजर र मोडेर्ना कम्पनीका खोप बाँड्न लागिएको हो ।

बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

पहिलो चरणमा नेपाल लगायत विभिन्न मुलुकलाई दुई करोड ४ लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको छ ।

नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

Read More →