Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अमेरिकामा हिंसात्मक प्रदर्शन, ट्रम्पका हतियारधारी समर्थकले गरे संसद भवनमा आक्रमण

२३ पुस,   खबरमञ्च,   at 8:50 AM

By   /  January 7, 2021  /  Comments Off on अमेरिकामा हिंसात्मक प्रदर्शन, ट्रम्पका हतियारधारी समर्थकले गरे संसद भवनमा आक्रमण

    Print       Email

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै गर्दै आएका प्रमाण बिहीन दाबीका कारण हिंसात्मक प्रदर्शनको भएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमण गरेका हुन् । उनीहरुले तोडफोड गरेका छन् । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् ।

ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको दाबी उनले गरेका छन् ।

ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप भने लगाएका छन् ।

प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा एकजनाको ज्यान गएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतको उत्तरी क्षेत्रमा भूकम्पको ठूलो धक्का, अधिकांश मानिस घर बाहिर निस्किए

Read More →