Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

३० चैत,   खबरमञ्च,   at 7:56 AM

By   /  April 12, 2020  /  Comments Off on अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

    Print       Email

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ।

वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ। त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन्। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ।

अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९ हवार आठ सय पुगेको छ। अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ।

यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार पुगेको छ। वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन्। पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। भारतमा संक्रमितको संख्या आठ हजार ४ सय ४६ छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →