Loading...
You are here:  Home  >  छापामा  >  Current Article

अब एक व्यक्तिले दुई भन्दा बढी सिम राख्न नपाउने

२२ असार,   खबरमञ्चडेस्क,   at 7:48 AM

By   /  July 6, 2020  /  Comments Off on अब एक व्यक्तिले दुई भन्दा बढी सिम राख्न नपाउने

    Print       Email

काठमाडौं – अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।

यद्यपि, एक व्यक्तिले फरक÷फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

नेपाल टेलिकमको हकमा भने सिडिएमएको थप एक सिम कार्ड राख्न पाउने व्यवस्था भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज

Read More →