Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अफगानिस्तानमा कार बम विस्फोटः कम्तीमा ३० जनाको ज्यान गयो, ७० जना घाइते

१८ बैशाख,   खबरमञ्च,   at 4:22 PM

By   /  May 1, 2021  /  Comments Off on अफगानिस्तानमा कार बम विस्फोटः कम्तीमा ३० जनाको ज्यान गयो, ७० जना घाइते

    Print       Email

काठमाण्डौ । अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएको विस्फोटमा परि अन्य ७० जना घाइते भएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले जनाएका छन् ।

विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । घटनाबाट ज्यान गुमाउने तथा घाइते हुनेहरुमा स्वास्थ्यकर्मीहरु समेत छन् ।

विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

चालकले भीडमा पुर्‍याएर कारसहित विस्फोट गराएका र अहिलेसम्म घटनाको कसैले जिम्मा नलिएको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →