Loading...
You are here:  Home  >  अपराध

अपराध

क्रिकेटर सन्दीप लामिछाने निलम्बित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ। लामिछानेमाथि अनुसन्धान गर्न अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा […]

झापाको भद्रपुरमा चोरी गर्ने दुई जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका दुई जनालाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० का २२ […]

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको बताइएको छ । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको प्रहरी स्रोतले बताएको छ । […]

झापामा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा । श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका झापा गाउँपालिका ६ चन्द्रबस्तीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ४० बर्षिय नाइके हास्दाले मादक पदार्थ सेवन गरि आफ्नै श्रीमती ३५ बर्षिया तालामाई हास्दाको गए राति हत्या गरेका थिए। हत्या गरेलगत्तै फरार भएका नाइकेलाई कचनकवल गाउँपालिका १ को नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता […]

नक्कली मदिरा उत्पादन तथा बिक्री गर्ने गिरोहका पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मदिरा उत्पादन गरि विक्री बितरण गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका बिभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । कोटेश्वरमा बिभिन्न ब्राण्डका नक्कली मदिराको बिक्री बितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको […]

तेह्रथुमको छथरमा छोराको कुटाइबाट बाबुको मृत्यु

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लीले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गइ घाइतेलाई उपचारको लागि छथर अस्पताल […]

श्रीमती, छोरी र छोराको हत्या गरेर श्रीमान्/बाबुद्वारा आत्महत्या !

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त […]

बीमा वापत ठूलो रकम लिन विवाह दर्ता गरि सवारी दुर्घटना गराउने ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई […]

झापामा एक पुरुष रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

झापा । तीन जना किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको घटना सेलाउन नपाउँदै झापामा अर्का एक जना पुरुष जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको चारआली जंगलमा झुन्डिएको अवस्थामा ती पुरुष मृत फेला परेका हुन् । ताप्लेजुङको पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय अनारमनी […]

झापा कचनकवल ५ पाठामारीका तीन किशोरीद्वारा सामुहिक आत्महत्या

झापा । झापाका तीन जना किशोरीले सामुहिक आत्महत्या गरेका छन् । उनीहरूले एउटा रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारको रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमा १६ वर्षिया करिना गणेश, १७ […]

सशस्त्र प्रहरीका १६ जना अधिकृत वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीमा १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो। उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह […]

बिर्तामोडका डिएसपी कुँवर असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

झापा । विगत केही महिनायता झापामा भएका अपराधका घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन सफल इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी साहसी टोलस्थित कच्ची सडक खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले हत्या गरेर बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको […]

‘हनी ट्र्याप’मा संलग्न भएको आरोपमा श्रीमान/श्रीमतीसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ‘हनी ट्र्याप’मा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। सिन्धुली कमलामाई नगरपालिका-६ घर भइ बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले […]

बैङ्किङ कसुर मुद्दामा कैद सजाय सुनाइएका र फरार रहेका झापा बिर्तामोडका ढुंगाना पक्राउ

झापा । बैङ्किङ कसुर मुद्दामा कैद सजाय सुनाइएका झापा बिर्तामोडका टेकनाथ ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । उनी यस अघि फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका- ६ का ४७ वर्षीय ढुङ्गानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी […]

बुद्ध एयरको जहाजमा चुरोट तान्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौँबाट बुधबार धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ- धनगढीको उडान नम्बर २५३ मा चढेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय पसेर चुरोट तानेका थिए। त्यो थाहा पाउनेबित्तिकै उडानमा खटिएका कर्मचारीले उनलाई निगरानीमा राखेका थिए । जहाज धनगढीमा अवतरण भएपछि ती यात्रुलाई कैलाली प्रहरीलाई बुझाइएको छ। […]

भद्रपुरमा मोबाइल फोन चोरी गर्नेको घरबाट प्रहरीद्वारा ८० राउन्ड पेस्तोलको गोली बरामद

झापा । झापाको भद्रपुरमा मोबाइल फोन चोरी गर्नेबाट ८० राउन्ड पेस्तोलको गोली भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला सदरमुकाम भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भएको थियो । राजु अग्रवालले सञ्चालन गरेको पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरी भयो […]

काँकरभिट्टा नाकाबाट एक लाख २२ हजार रुपैयाँ बराबरको सुपारी बरामद

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट अवैध रुपमा भारततर्फ लाँदै गरेको सुपारी प्रहरीले बरामद गरेको छ । सोमवार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले  नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो । बरामद भएको […]

सुनसरीको रामधुनी नगरपालिका ६ सुवानामा १६ वर्षीय किशोरको हत्या

इटहरी । सुनसरीको रामधुनी नगरपालिका ६ सुवानामा १६ वर्षीय किशोरको हत्या भएको छ।  मंगलबार बिहान सवा ७ बजे घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदाको हत्या भएको हो। उनको पेटमा छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका सदालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको […]

ब्राउन सुगरसहित झापाको मेचीनगरबाट एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जीलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन् । हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर […]

यौनधन्दामा संलग्न रहेको आरोपमा झापा बिर्तामोडका लजबाट ८ किशोरी पक्राउ

झापा । झापाको बिर्तामोडका लजमा यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जना किशोरीलाई पक्राउ गरेको छ। पश्चिम बस स्ट्याण्डका विभिन्न लजबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ती किशोरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। लजमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले ती लजमा छापा मारेको थियो। अदुवा खोला छेउमा रहेको […]