Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका धेरै वेभसाइट अवरुद्ध

२५ जेठ,   खबरमञ्च,   at 4:49 PM

By   /  June 8, 2021  /  Comments Off on अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका धेरै वेभसाइट अवरुद्ध

    Print       Email

काठमाडौं । फाइनान्सियल टाइम्स, न्यु योर्क टाइम्स र ब्लूमबर्ग न्यूजलगायत समाचार आउटलेटले सञ्चालन गरेका केही वेबसाइटहरू मंगलबार अवरुद्ध भएका छन्।

सीएनएन र फ्रान्सको ले मोन्डेको साइटमा पनि दिउँसो त्रुटिपूर्ण सन्देशहरू देखाएको थियो। त्यस्तै अलजजिरा मिडिया नेटवर्कको वेबसाइट पनि प्रभावित भएको अलजजिराले जनाइएको छ।

अमेजनको रिटेल वेबसाइटले पनि प्राविधिक त्रुटीको सामना गर्नु परेको देखिन्थ्यो।

बेलायतको पत्रिका गार्जियनले पनि त्यसको वेबसाइट र एप्लिकेसनमा समस्या भइरहेको जनाएको छ। केही अन्य बेलायती मिडियाको साइटहरू पनि तुरून्त लोड भइरहेको थिएन। तत्काल बेलायत सरकारको मुख्य वेबसाइट पनि उपलब्ध थिएन।

अहिले आएर बीबीसी लगायत कतिपय समाचारका वेभसाइटहरू खुल्न थालेका छन्।

के कारणले ती वेबसाइटहरूमा असर पर्‍यो भन्नेबारे हालसम्म कुनै जानकारी उपलब्ध छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

Read More →