Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रधानमन्त्री ओलीद्वारा रचित कविताः ‘अब आँसु खसाउनु पर्दैन’

१९ बैशाख,   खबरमञ्च,   at 8:05 PM

By   /  May 1, 2020  /  Comments Off on अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रधानमन्त्री ओलीद्वारा रचित कविताः ‘अब आँसु खसाउनु पर्दैन’

    Print       Email

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

नेपाली मन अब फुट्दैन

राष्ट्रिय एकता टुट्दैन

शान्ति अब यहाँ मर्दैन

नेपाली मर्न पर्दैन

बढ्यो नेपाल अब बढ्यो अघि

विकासमा पछि पर्दैन

गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाल्नु पर्दैन

***

सामाजिक न्याय र समानता

अधिकारसम्पन्न जनता

मेची-काली, पहाड-तराई

निर्भय वातावरण सुरक्षित नारी

अब आधुनिकतामा बढ्यो नेपाल

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

***

फाटोका खेती कुहिन्छन्

स्वार्थी हिंसा तुहिन्छन्

अब चेलीका चुरा फुट्दैनन्

कोही टुहुरा पर्दैनन्

गणतन्त्र हो यो गणतन्त्र

शक्तिका स्रोत जनताको

जनतन्त्र हो यो जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालको स्वाभिमानमा केकीको दह्रो अडान, बर्षा भन्छिन्, ‘भारतीय साथी कसरी फेस गर्नु?’

Read More →