Loading...
You are here:  Home  >  छापामा  >  Current Article

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने

१९ असार,   खबरमञ्च,   at 7:00 AM

By   /  July 3, 2020  /  Comments Off on अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने

    Print       Email

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ ।

निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । असार २ गते मूल्यसूची आए पनि बन्दाबन्दी र पेट्रोलियम पदार्थको कारोबार नभएको अवस्था भएकाले छिटो निर्णय नलिइएको उपाध्यायले बताए ।

उनले भने, “हामीले चैत १९ गते एकैचोटी प्रतिलिटरमा १० रुपियाँ घटाएका थियौँ, त्यतिबेला अन्तर्राष्ट्रिय बजारमा घटेर नै आएको थियो, यसबीचमा मूल्य समायोजन गरिएको थिएन तर मूल्यसूची बढेर आइरहेकै थियो । बन्दाबन्दीका कारणले समायोजनको प्रभावकारिता थिएन । ”

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालित स्वाचित मूल्यसूची प्रणाली हरेक १५/१५ दिनमा अपडेट हुनु पर्दछ तर कोरोनाको बन्दाबन्दीका कारण सवारीसाधन वन्द भएपछि पेट्रोलियम पदार्थको कारोबार ठप्प थियो । बन्दाबन्दीमा कारोबार २० प्रतिशतमा झरेको थियो ।

आशिंक रूपमा सवारीसाधन खुलेपछि कारोबार वृद्धि भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौं उपत्यकामा निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी

Read More →