Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

२६ बैशाख,   खबरमञ्च,   at 12:47 PM

By   /  May 9, 2021  /  Comments Off on अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

    Print       Email

काठमाण्डौ । अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ ।

२१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले जनाएको छ ।

यस अघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त नभएको जनाइएको छ ।

भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ ।

सन् २०२० को मे महिनामा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

Read More →