Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

अन्तरदेशीय उडान गर्न मिल्नेगरी विराटनगर विमानस्थलको क्षमता विस्तार गरिने

१९ असोज,   खबरमञ्च,   at 11:53 AM

By   /  October 5, 2020  /  Comments Off on अन्तरदेशीय उडान गर्न मिल्नेगरी विराटनगर विमानस्थलको क्षमता विस्तार गरिने

    Print       Email

विराटनगर । विराटनगर विमानस्थलको क्षमता विस्तार गरिने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरदेशीय उडान गर्न मिल्नेगरी विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाएको हो।

विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य पूर्वाधारको क्षमता विस्तार गरिने छ।

हाल १५ मिटर लामो धावनमार्ग भएको यो विमानस्थलबाट भारत लगायतका देशमाा उडान गर्नका लागि ठूला जहाज उडान तथा अवतरण गर्न मिल्नेगरी पूर्वाधार विकास गरिने पोखरेलले जानकारी दिए।

विमानस्थलको क्षमता विस्तारका लागि संघीय सरकार, प्रदेश सरकार तथा विराटनगर महानगरपालिकाबीच समझदारी पत्रमा सोमबार हस्ताक्षर हुँदैछ।

प्रदेश सरकारले विमानस्थलको पूर्वाधार निर्माणमा ५० प्रतिशत लगानी गर्ने छ। जग्गा अधिग्रहण तथा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने भएको हो।

विमानस्थलको स्वामित्व केन्द्र सरकारकै हुने भएपनि अपनत्वका लागि प्रदेश सरकारले अनुदानका रुपमा लगानी गर्ने छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

Read More →